हेटौँडा,२३ पुस,
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल हटौँडा उपामहानगरपालिकाका नेता कमलराज मैनालीले आजबाट कांग्रेस परित्याग गरेका छन् ।

तरुण दल हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ का सभापति समेत रहेका मैनालीले पार्टीले विभिन्न संघसस्थाको निर्वाचनमा खेलको भुमिकाप्रति असन्तोष ब्यक्त गर्दै कांग्रेस परित्यागको घोषणा गरेका हुन ।

उनले नेपाली कांग्रेसको साधरण सदस्य, कृयाशिल सदस्य समेत त्यागेको बताए । उनले आजै कांग्रेसको जिल्ला कार्यालयमा आफ्नो त्यागपत्र दिईसकेको समेत बताए । युवा ब्यवसायी समेत रहेका मैनालीले आफुले कांग्रेस परित्याग गरेको भएपनि हालसम्म अन्य पार्टीमा नरहेको र स्वतन्त्र रहेको जानकारी दिए ।