२२ पुष,जाम्बियामा हैजाको प्रकोप बढेपछि यहाँको सवैभन्दा ठूलो विश्वविद्यालय शुक्रबार देखि बन्द गरिएको छ । विश्वविद्यालय व्यवस्थापनले केही समयदेखि फैलिएको हैजाको प्रकोपका कारण विश्वविद्यालयमा पठन पाठनका साथै सवै काम कारबाही बन्द गर्ने घोषणा गरिएको स्पष्ट पारेको छ ।
जाम्बियाको राजधानी लुसाकामा रहेको जाम्बिया विश्वविद्यालय नै जाम्बियाको सवै भन्दा ठूलो विश्वविद्यालय हो । सो विश्वविद्यालय प्रशासनले हैजाकै कारण शुक्रबारदेखि सवै कामकारबाही बन्द गरिएको घोषणा गरेको हो । विश्वविद्यालयका रजिष्ट्रार सितली वामुन्डीलाले हैजाको प्रकोप नियन्त्रणमा नआए सम्म विश्वविद्यालय अन्तर्गतका कुनै पनि संकाय वा निकाय सञ्चालन नगर्न निर्देशन दिइएको बताउनु भयो ।
हैजाको प्रकोपले विषेशगरेर राजधानी लुसाका बढी प्रभावित भएको र बताइएको छ । विश्वविद्यालयको व्यवस्थापनले अब सो विश्वविद्यालय कहिलेदेखि खुला हुने हो भन्ने बारेमा भने केही पनि बताएको छैन ।विद्यालय तथा कलेजहरु पनि बन्द भएपछि घर फर्किन लागेका विद्यार्थीहरुका लागि निःशुल्क यातायात सेवाको व्यवस्था गरिने रजिष्ट्रार वामुन्डीलाले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।
जाम्बियाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक सय जनामा हैजाको प्रकोप देखिएको विवरणहरु प्राप्त भएको जनाएको छ । हैजाको प्रकोप सुरु भएदेखि अहिले सम्म २ हजार २४८ जना नागरिकलाई हैजा भएको विज्ञप्तिमा जनाइएको छ ।
स्वास्थ्यमन्त्री चितालु चिलुफियाले फोहोरका कारण पछिल्लो समयमा हैजाको प्रकोप फैलाउन सहयोग पुगेको बताउनुभएको छ ।
यसरी हैजा फैलाउने काममा सहयोग पु¥याएका लुसाका तथा वरपरका विभिन्न खाजा पसल (फास्ट फुड) तथा केही होटलहरु पनि बन्द गराइएको बताउनु भयो । ती पसलहरुमा खाद्य पदार्थको गुणस्तर परीक्षण गर्दा हैजा फैलाउने खालको देखिएकाले बन्द गराइएको पनि उहाँले स्पष्ट पार्नुभएको लुसाकाबाट प्राप्त समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।