हेटौँडा,२२ पुस

हेटौंडा क्याम्पसको अध्यक्षमा मुनु सिग्देल सर्वसम्मत चयन हुनु भएको छ । शनिबार भएको  क्याम्पसको नवौँ क्याम्पस सभाबाट सर्वसम्मत रुपमा सिग्देललाई अध्यक्ष चयन गरीएको हो ।

सिग्देल नकपा एमाले मकवानपुरको अध्यक्ष एबं प्रदेश सभा सदस्य समेत हुनुहुन्छ ।  उपाध्यक्षमा नेपाली काग्रेशका नगर सभापती आनन्द पराजुली,कोषाध्यक्षमा,कमानसिङ पाख्रिन,सदस्यहरुमा श्रीधर पोखरेल,बद्रीनाथ शर्मा,पुरणबहादुर जोशी र  प्रदीप कोइराला रहेकाछन् ।