हेटौँडा,२२ पुस,
हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ कर्रामा श्रीमानद्वार श्रीमतीको हत्या भएको छ । आज विहानै कर्रा निवासी ४२ वर्षकी मीना लामालाई उनका ६३ वर्षीय श्रीमान रामबहादुर लामाले धारीलो हतियार प्रहार गरि हत्या गरेका हुन् ।
हत्या गरेका लामा हाल फरार रहेको घटनास्थलबाट प्रहरी निरिक्षक मधुकुमार थापाले बताए । घटनाको अवस्था हेर्दा टाउकोमा काटेको देखिएको छ। पति फरार छन, हामी खोजतलासमा जुटेका छौ ।
मृतक लामाको दुई वटा सन्तान रहेका छन् । स्थानीयहरुको अनुसार लामा दम्पतीको नियमीत झगडा पर्ने गर्दथ्यो । सोहि कारण श्रीमानले हत्या गरेको हुन सक्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।