अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले संसद्सँग आगामी १० वर्षका लागि मेक्सिकोमा पर्खाल लगाउन १८ अर्ब डलर माग गरेको छ ।
चुनावका बेला ट्रम्पले सीमामा पर्खाल बनाउने पैसा मेक्सिकोबाटै असुल्ने दाबी गरेका थिए ।द वासिङटन पोस्टको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार ट्रम्प प्रशासनले ३१६ माइल लामो पर्खाल निर्माण गर्न र ४०७ माइल लामो तारबार बलियो बनाउन खर्च गरिनेछ ।
बेलैमा काम सकियो भने सन् २०२७ सम्ममा मेक्सिको — अमेरिका सीमामा २००० माइल कुनै न कुनै प्रकारको पर्खाल खडा हुनेछ ,डेमोक्याट्रिक पार्टीका सांसदहरूले यसको विरोध गरेको पनि समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।