२२ पुष,देउखुरीस्थित गढवा गाउँपालिकाको न्यायिक समितिमा केही दिनअघि आमा छोरीविचको जग्गा विवादसम्बन्धी मुद्धा आयो ।
यो गाउँपालिकाकाको वडा नम्बर ६ बस्ने एक महिलाले आमालाई फकाएर उनको नाममा रहेको जग्गा आफ्नो नाममा पास गरिन् । जग्गा आफ्नो नाममा गराएपछि उनले आमालाई घरनिकाला गरिन् ।
यो मुद्धामा पीडित आमाले न्यायिक समितिमा दर्ता गराएको मुद्धाउपर न्यायिक समितिले दुई पक्षबीच छलफल गरायो । सामान्य छलफलबाट मात्रै निकास निस्किएन ।
न्यायिक समितिबाट निकास ननिस्किएपछि समिति संयोजक एवं गाउँपालिका उपप्रमुख शान्ति चौधरीले अदालतमा पेस गर्ने निधो गरिन् ।
तर, गाउँका भद्रभलादमीले गाउँपालिकाबाटै टुंग्याउनुपर्ने भन्दै रोके । मुद्धा कसरी टंग्याउने भन्नेमा किनारा लगाउने भन्नेबारे मलाई केही थाहा छैन ।, उनले भनिन् ।आजको नागरिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।