काउटिन्हो

२२ पुष,अन्ततः बार्सिलोना र लिभरपुलबीच ब्राजिली फुटबलर काउटिन्होको विषयमा सम्झौता भएको एक स्पेनी पत्रिकाले दाबी गरेको छ। काउटिन्हो १२ करोड युरोमा बार्सिलोना भित्रिने टुंगो लागेको बार्सिलोनाको पत्रिका स्पोर्टको दाबी छ।

 

त्यसमा अरु ४ करोड युरो रकम सर्तानुसार लिभरपुलले पाउनेछ।यसअघिको ट्रान्सफर विन्डोमा पनि काउटिन्होलाई किन्न बार्सिलोनाले निकै प्रयास गरेको थियो। तर बार्सिलोनाको प्रस्ताव लिभरपुलले पटकपटक अस्वीकार गर्दा सो सम्झौता हुन सकेको थिएन।

२५ वर्षे काउटिन्होले नेमारबिनाको बार्सिलोनालाई राहत दिने अपेक्षा गरिएको छ। नेमार केही समयअघि २२ करोड २० लाख युरोको कीर्तिमानी मूल्यमा फ्रान्सेली क्लब पिएसजी गएका थिए।काउटिन्होको स्थानमा लिभरपुलले लेस्टर सिटीका रियाद महारजलाई किन्ने प्रयास गरिरहेको बताइएको छ। एजेन्सी