![](https://www.khabarbreak.com/wp-content/uploads/2018/01/dahal-1.jpg)
![](https://www.khabarbreak.com/wp-content/uploads/2018/01/dahal-1.jpg)
२१ पुष,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली र आफ्नो ध्यान अध्यक्ष र प्रधानमन्त्रीमा नभई सुशासन र समृद्धिमा केन्द्रित रहेको बताउनुभएको छ ।
तीन दिनका लागि गृहजिल्ला चितवन जानुभएका अध्यक्ष दाहालले प्रेस चौतारी र प्रेस सेन्टर चितवनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफूहरूको ध्यान विकास र राष्ट्रिय एकतामा केन्द्रित रहेको बताउनुभएको हो ।
एमाले र माओवादीबीच पार्टी एकता र पद बाँडफाँडका विषयमा कुनै विवाद नरहेको अध्यक्ष दाहालले प्रस्ट पार्नुभयो । वर्तमान सरकारलाई पाँच दलले प्रदेशको अस्थायी राजधानी तोक्न सहमति दिएको भन्दै दाहालले प्रदेशको राजधानी प्रदेश सरकारले नै तोक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।