हेटौँडा,२१ पुस,
¥याप संगितमा आफ्नो करिअर बनाउने उदेश्यले हेटौँडाका शाहिर ढकालले सुरु गरेको “बिचल्ली” नामक ¥याप गितले अहिले बजार तताएको छ ।

युटुब मार्फत रिलिज गरिएको गितले अहिले युवा पुस्तामा निकै चर्चा कमाएको छ । समसामयिक बस्तुहरुलाई संयोजन गरि तयार पारिएको “बिचल्ली” मा ढकालकै शब्द, संगित तथा स्वर रहेको छ भने म्युजिक भिडियोलाई भने कपिल खड्काले निर्देशन गरेका छन् ।

खबरब्रेकसँग कुरा गर्दै ढकालले आफु नयाँ स्टाईलको गित मार्फत नेपाली संगित क्षेत्रमा रहन खोजेको बताए । संगितको लागि आफुले निकै मेहनत गरेको भन्दै आगामी दिनहरुमा संगित क्षेत्रमा लागि रहने उनको भनाई रहेको छ ।
हेरौ “बिचल्ली”