file photo

पुस २१,भारतीय क्रिकेट कप्तान विराट कोहली इन्डियन प्रिमियर लिग ९आइपीएल०को सबैभन्दा महँगा खेलाडी बनेका छन् ।रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्म उपाधि नै नदिलाएका कोहलीलाई ११औं संस्करणको कप्तानीमा नवीकरण गर्दै अहिलेसम्मकै महँगो रकम तिरेको हो ।

शीर्ष खेलाडीहरु नवीकरण गर्दा १५ करोड भारतीय रुपैयाँ दिए पुग्नेमा बैंगलोरले दुई करोड थपेर १७ करोड दिने निर्णय गरेको हो ।यस्तै, कोलकाता नाइट राइडर्सलाई दुईपटक च्याम्पियन बनाउन सफल कप्तान गौतम गम्भीर र ट्वेन्टी–२० को इतिहासमा सबैभन्दा बढी रन, चौका र छक्का प्रहार गर्ने वेस्ट इन्डिजका खेलाडी क्रिस गेलको भने टिमहरुले नवीकरण नगर्दा अब ‘अक्सन’मा जानुपर्ने भएको छ ।

बैंगलोरले विराटसँगै एबीडे भिलियर्स र सर्फराज खानलाई नवीकरण गरेको छ भने शेन वाट्सन र युज्भेन्द्र चाहाल अक्सनमा जानेछन् ।

त्यस्तै, मुम्बई इन्डियन्सले रोहित शर्मा, हार्दिक पाण्डेया र जसप्रित बुमराहलाई नवीकरण गर्दा हरभजन सिंह र लासिथ मालिंगा अक्सनमा जानुपर्नेछ ।चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनी, सुरेश रैना र रविन्द्र जडेजालाई नवीकरण गर्दा रविचन्द्रन आश्विन र दयाने ब्राभो अक्सनमा जानुपरेको छ ।

किंग्स इलेभेन पन्जाबले अक्षर पटेलकोमात्र नवीकरण गर्दा ग्लेन म्याक्सवेल, डेभिड मिलर र हासिम अम्ला अक्सनमा धकेलिएका छन् ।सनराइजर्स हैदरावादले कप्तान डेभिड वार्नर र भुवनेश्वर कुमारको नवीकरण गर्दा युवराज सिंह, शिखर धवन र केन विलियमसन अक्सनमा जानुपरेको छ ।

दिल्ली डेयर डेभिल्सले रिषभ पन्त, श्रेयस अथ्यर र क्रिस मोरिसको नवीकरण गरेको छ भने एन्जेलो म्याथ्युज, कोरी एन्डरसन र क्विन्टन डे कक अक्सनमा जानुपर्नेछ ।त्यस्तै, राजस्थान रोयल्सले स्टिभ स्मिथकोमात्र नवीकरण गर्दा अजिन्क्या रहाने र जेम्स फल्कनर अक्सनमा पुग्नेछन् ।

कोलकाताले सुनील नाराइन र आन्द्रे रशेलको नवीकरण गर्दा गौतम गम्भीरसँगै मनीष पान्डे र शकिव अल हसन अक्सनमा जानुपरेको छ ।८ टिमले सहभागिता जनाउने आइपीएलको ११औं संस्करणको अक्सन आगामी माघ १३ र १४ गते हुनेछ । एजेन्सी