एजेन्सी दक्षिण अफ्रिकामा बिहीबार भएको रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । यस घटनामा घाइते हुने व्यक्तिको सङ्ख्या २६० पुगेको स्थानीय सञ्चार माध्यमले जनाएको छ । रेलको तीन वटा डिब्बा नै जलेको कारण मृतकको सङ्ख्या बढेको बताइएको छ ।
अझै पनि खोजी र उद्धारकार्य जारी रहेको राज्य स्वास्थ्य विभागका प्रवक्ताले टाइस् लाइन समाचार साइडलाई उदृत गर्दै बताएका छन् ।
दू्रतगतिमा रहेको रेल एक मालवाहक ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । जोहानेस्बर्गबाट करिब २०० किलोमिटर दक्षिणपश्चिममा अवस्थित क्रुनस्टाडनजिकै सो दुर्घटना भएको थियो ।
बन्दरगाह सहर एलिजाबेथबाट जोहानेस्बर्गतर्फ गइरहेको सो रेलमा ट्रक ठोक्किदा आगलागी भएको थियो । केही डिब्बा भने रेल मार्गबाट नै छुट्टिएको थिए ।
यस घटनामा घाइते भएका कैयौँ यात्रुको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने समेत प्रहरीले अनुमान गरेको छ ।अफ्रिकामा नयाँ बर्षको अवसरमा आफ्ना घर तथा विदा मनाउन विभिन्न गन्तव्यमा गएका नागरिक काममा फर्किने क्रम जारी रहेका कारण यतिबेला सवैतिर यातायातका साधनमा भीडभाड हुने गरेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।