२१ पुस, रुपन्देहीको देवदह नगरपालिका  खैरहनीमा अज्ञात समुहको गोली लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ३८ वर्षीया वलु पौडेलको गोली लागेर मृत्यु भएको  रुपन्देहीका प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए ।

मीलमा काम गरिरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको रुपन्देही प्रहरीले जनाएको छ । उनको टाउँकोमा गोली लागेको थियो ।उपचारको लागि अञ्चल अस्पताल बुटवल लगिएपनि उनको मृत्यु भइसकेको थियो । उनी एमालेका कार्यकर्ता हुन् ।