हेटौँडा,२१ पुस,
मकवानपुरले जिल्लाको सरिखेत, राक्सीराङ्ग, मनहरी र हाँडिखोलाका बिपन्न बिद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको छ ।

सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तरगत सिमान्तकृत बालबालिकाका लागि जाडोयामलाई मध्यनजर गरी न्यानो कपडा वितरण गरिएको हो । हिमालयन मानव अधिकारकर्मी समुह(हिमराइट्स) मकवानपुरले कोर इन्टरनेशनल क्यानडाको सहयोगमा कपडा बितरण गरेको हो ।

सरिखेतको सुर्योदय उच्च माध्यमिक बिद्यालय, राक्सीराङ्गको प्रजाजागृति बिद्यालय, मनहरीको सगरमाथा आधारभुत विद्यालय र हाँडिखोलाको प्रजा आधारभुत विद्यालयका बिपन्न ५० जना बालबालिकालाई कपडा वितरण गरिएको हिमराईट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबाले जानकारी दिईन् ।

सुर्योदय उच्च माध्यमिक बिद्यालयका १३ जना, प्रजाजागृति बिद्यालयका १२ जना, सगरमाथा आधारभुत विद्यालयका १२ जना र प्रजा आधारभुत विद्यालयका १३ जना बिद्यार्थीलाई कपडा बितरण गरिएको हो ।