यादव चौलागाई,
बकैया,२१पौष,
बकैया गाँउपालीकामा आज विपद ब्यवस्थापन को लागी अन्र्तक्रिया कार्यक्रम भएको छ ।बकैया गाँउपालीका अध्यक्ष दामोदर खनालको अध्यक्षतामामा कार्यक्रम भएको हो ।
बाल कल्याण समाजले आयोजना गरेको कार्यक्रमले नितीगत रुपमै विपद ब्यवस्थापनको कार्यक्रम गर्ने घोषणा सहित छलफल भएको छ । विपदको सम्भावित जोखिम, सकंटाभिमुख स्थान तथा क्षतिहुने स्थलको प्रारम्भीक तथ्याङ्क समेत सकंलन गर्ने बताइएको छ ।

मर्सिकोरको आर्थीक सहयोगमा बालकल्याण समाजले बकैयाको १२ वटै वडामा युवा स्ययमसेवक द्धारा विपदको पहिचान गर्ने र सम्भावित क्षति न्युनिकरणको लागी सुचना सञ्जाल निर्माण गर्ने तथा तालिम सञ्चालन गर्ने समेत भएका छन ।

भने आइविडियस सवलले चट्याङ प्रतिरोध कार्यक्रम समेत प्रभावित क्षेत्रमा गर्ने भएको छ । सवलका देवेन्द्र लामाले बकैयाको १,२,७ लगायतका वडा युरानियम र प्रकोपको काराण चट्याङको कारण वषेनी ज्यान गुमाउनु परिरहेकोले न्युनिकरणको लागी काम गर्ने बताउनुभयो । स्थानिय रेडक्रसले व्यवस्थापन गरेको कार्यक्रममा विपद व्यवस्थापनका अध्यक्ष उपाध्यक्ष गाउँपालीकाको अध्यक्ष उपाध्यक्ष स्वयंम हुने ब्यवस्था छ भने वडाअध्यक्ष,सरोकारवाला सस्थाँहरु सदस्य हुने प्रावधान छ ।

कार्यक्रममा वकैयाका उपाध्यक्ष सरला बोलखे,१२ वडाका अध्यक्षहरु, सामुदायिक उर्जाका पुर्णभद्र चौलागाई,रेडक्रस छतिवन उपशाखाका सचिव प्रल्हादकुमार गौतम, शिक्षक हरिहर खनाल, सिवीन,स्थानिय सरकारी सस्थाँ लगायतका प्रमुख तथा सरोकारवालाहरुको उपस्थिती थियो ।