पुस २१ वासिंटन,अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सबैखाले सैन्य सहयोग रोक्ने घोषणा गरेको छ ।आतंकवादी क्रियाकलाप रोक्न नसकेको आरोप लगाउँदै अमेरिकाले पाकिस्तानलाई सहयोग रोक्ने घोषणा गरेको हो ।
पाकिस्तानले हक्कानी नेटवर्क र अफगान तालिबानविरुद्ध कारवाही नगर्दासम्म सैन्य सहयोग निलम्बित गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।यसै हप्तामात्र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानले झूठो बोलिरहेको र आतंकवादीलाई आश्रय दिइरहेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
अमेरिकाबाट अरबौं डलर लिएर पाकिस्तानले आतंकवादीलाई पालिरहेको गम्भीर आरोप ट्रम्पले लगाएका थिए । अमेरिकी विदेश विभागले २५५ मिलियन डलरको सहयोग रोक्ने निर्णय पनि गरेको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।