विपना चौँलागाई,

हेटौँडा,२१, पुस,
हेटौँडा बजार लायन्स क्लबद्वार वंशगोपाल बहुमुखी क्याम्पस हेटौँडामा निवन्ध प्रतियोगिता सम्पन्न भएको छ । संघियताको फाईदा र चुनौतिहरु विषयक प्रतियोगितामा गोविन्द ढकाल प्रथम, रविता सापकोटा द्वितिय, विपना चौँलागाई र संगिता सापकोटा तृतिय तथा सञ्जु दुलाले सान्त्वना पुरस्कार प्राप्त गरे ।

पुरस्कार स्वरुप प्रथम देखि सान्त्वना हुनेहरुले क्रमश ६ महिना, ४ महिना, ३ महिना र दुई महिना छाबबृत्ति प्राप्त गरेका लायन्सका अध्यक्ष माधव पोखरेलले जानकारी दिए ।
कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मण कडेल, क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष उज्वल चौलागाईको उपस्थिती रहेको थियो ।

 

वर्तमान समयमा चर्चामा रहेको विषय भएको कारण पनि आफुहरुले उक्त विषय छनोट गरेको आयोजकको भनाई रहेको छ ।