काठमाडौं, पुस । पछिल्लो एक महिनामा राजधानी तीनवटा आश्चर्यजनक लाग्ने बलात्कार घटना भएका छन् र तीन वटा घटनाको प्रहरीले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

पुस ११ गते एक ८४ वर्षिय बृद्ध बलात्कार आरोपमा ललितपुरमा पक्राउ परेका छन् । १० वर्षिया बालिकालाई बलात्कार प्रयासको आरोपमा टेकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

सैबुंको पुरानो खोकानास्थित आफ्नै गाई फार्मममा उनले बालिकलाई बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । स्कुलबाट फर्किएकी बालिकालाई फकाएर गाई फार्मको शौचालयमा लगेर बलात्कार प्रयास गरेको उजुरी परेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले बताए । लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

८४ वर्ष उमेर पुगेका व्याक्तिले बलात्कार प्रयास गर्नु अनौठो घटना भएको ललितपुर प्रहरीका अधिकारीहरु बताउँछन् ।

त्यस्तै गत महिना महारागञ्जस्थित एक स्कुलभित्रै बलात्कार भयो । स्कुलको १० कक्षामा पढ्ने छात्रालाई स्कुलकै कर्मचारी सुजन श्रेष्ठले बलात्कार गरेका हुन् । गत साता अभियुक्त श्रेष्ठलाई महाराजगञ्ज प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । दृष्टि साप्ताहिक बाट