
काठमाण्डौ,२१ पुस
राप्रपाले गत मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफुहरु नेपाली कांग्रेसको कारण पराजित भएको निश्कर्ष निकालेको छ । चुनावी समिक्षाको लागि काठमाण्डौमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले चुनावी परीणामलाई अकल्पनीय एवं निराशाजनक भन्दै हारको दोष नेपाली कांग्रेसमाथि थोपरेको हो ।
चुनावी समिक्षा गर्दै राप्रपा केन्द्रीय कार्यसमिति बैठकले चुनावी हारको ९ बुँदे कारण अघि सारेको छ । उसले कांग्रेस बाहेक आफुहरुलाई हराउनको लाष् िराष्ट्रिय अन्तराष्ट्रिय शक्तिले षडयन्त्र गरेको र पार्टी फुटाएको समेत आरोप लगाएको छ । बैठकमा अध्यक्ष थापाले राप्रपालाहई हराएर हिन्दुत्व समाप्त पार्ने खेल सुरु भएको बताएका छन् ।
राप्रपाले लोकतान्त्रिक गठबन्धन प्रभावकारी नभएको, कांग्रेसले अहमता प्रस्तुत गर्दै सम्झौता भएअनुसारको सिट नदिएको , कांग्रेसले राजनीतिक इमान्दारिता नदेखाएको लगाएतको अधिकाश आरोप कांग्रेसमाथी लगाईएको छ ।
राप्रपाले उम्मेदवार कम उठाउनु, संविधान संशोधनबारे स्पष्ट अडान लिन नसक्नु, साधन श्रोतको अभाव रहनु लगायतलाई पनि चुनावी हारको कारण मानेको छ । सरकारमा सहभागिताबारे भने जनतामा भ्रम रहेको र त्यसलाई चिर्न नसकेको दाबी गरेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापाले चुनावको नजिता स्वीकार गरेको बताए ।
तर, चुनावी हारको जिम्मेवारी लिएर राजीनामा दिन कुनै योजना नरहेको उनले बताए । उनले भने, ‘राजीनामाबारे पार्टी बैठकमा कुनै प्रश्न नै उठेको छैन ।’ उनले राप्रपालाई अबको पाँच बर्षमा पुन ठुलो तथा मुलुकको अलगधारको नेतृत्व गर्ने पार्टीमा स्थापित गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।