२१ पुष,आज शुक्रबारबाट देशभर दुई चलचित्रद ‘फिर्के’ र ‘राज्जा रानी’ प्रदर्शन आए । यी दुबै चलचित्र फ्राइडे रिलिजको परम्परा धान्दै देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । तर यी दुबै देशभरका चलचित्र भवनमा प्रदर्शन अवसर भने पाउने छैनन् । । दुई हप्ता अगाडि प्रदर्शनमा आएको बलिउड स्टार सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ले पनि धेरै चलचित्र भवन ओगट्ने छ ।

‘फिर्के’ 
यो चलचित्र अभिनेता सुलेमान शंकरले निर्माण गरेका हुन्  । रवि डंगोल ’बेमान’ले निर्देशन गरेको चलचित्रमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ, उज्जवल भण्डारी लगायतको अभिनय रहेको छ ।‘फिर्के’ अहिले बजारमा आएको चलचित्र भन्दा फरक भएको निर्माण पक्षको दाबी छ । निर्माता समेत रहका हाँस्य कलाकार सुलेमान शंकर ’इकु’ले चलचित्रले दर्शकलाई मन पराउने दाबी गरे ।

‘राज्जा रानी’
‘राज्जा रानी’ केकी अधिकारी र नाजिर हुसेनको अभिनय रहेको चलचित्र हो । याम थापा निर्देशित चलचित्रले तराइको सामान्य कथा दाइजो प्रथा चलचित्रको रुपमा उठाएको छ । प्रेमकथा समेत चलचित्रमा बुनिएको निर्माता रमेश एमकेले बताए । चलचित्रमा लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापाको समेत अभिनय देख्न सकिन्छ ।