२० पुष हेटौँडा,
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ का चेपाङ प्राविका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ ।
आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरि हेटौडा निवासी सामाजसेवि पोकराज मैनाली र पार्वती मैनालीले विद्यालयमा गई सुईटर, टोपी र शैक्षिक सामाग्री प्रदान गरेको हो ।
जापानमा वस्दै आएका मैनालीका छोरा प्रसंन्न मैनाली सहयोग जुटाई विद्यालयमा अध्ययनरत १ सय १३ जना विद्यार्थीलाइ प्रदान गरेका हुन् । सो विद्यालयका प्रध्यानाध्यपक राजेन्द्र न्यौपानले विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यावद दिर्दै जाडोले गर्दा विद्यार्थीहरुलाई अध्यायन गर्न समेत आउन कठिन भईरहेको अवस्थामा यस सहयोगले विद्यार्थीहरुले जाडोमा केहि राहात पाएको बताए । कार्यक्रममा नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य राजन मैनाली र अभिभावकहरुको उपस्थित थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।