अमेरिकाको एउटा वैधानिक वेश्यालयमा एक २३ वर्षीया युवतीले आफ्नो भर्जिनिटी (कुमारित्व) लिलाममा राख्न तयार भएको बताएकी छिन् । क्यालिफोर्नियाको साक्रामेन्टोकी बेली गिब्सनले यस्तो घोषणा गरेको एजेन्सीहरुले बताएका छन् ।
उक्त वेश्यालयका सञ्चारनिर्देशक जेरेमी लेमुरका अनुसार बेलीको आग्रहयुक्त विज्ञापनले तहल्का पिटेको छ । वेश्यालयका मालिक डेनिस होफले बेलीको भर्जिनिटी छैटौँदेखि सातौँ फिगरसम्म पुग्ने आँकलन गरेको लेमुरको भनाइ छ । उक्त फिगरको मतलब बेलीको भर्जिनिटी दशौँ लाख अष्ट्रेलियन डलरमा लिलाम हुनेछ । नयाँ वर्षको अवसरमा लेखिएको एउटा ब्लग ‘किन म बनी रान्चमा आफ्नो भर्जिनिटी लिलाम गर्दै छु’मा बेलीले आफू कुमारी नै रहेको नपत्याउने गरेको बताएकी छिन् ।
ब्लगमा उनले आफ्नो बाल्यकालको बारेमा लेखेकी छिन्, जहाँ उनी धर्मपरिवार (एडोप्टिभ फेमिली)मा हुर्किएको र परिवार एकदमै क्रिश्चियन मूल्य मान्यतावाला रहेको उल्लेख गरेकी छिन् । त्यस्तो परिवारमा हुर्किएको कारण आफू अहिलेसम्म भर्जिन नै रहेको उनको दाबी छ । उनलाई परिवारले एकदमै कडा मान्यता राख्ने क्रिश्चियन गल्र्स होस्टेल (महिला छात्रावास)मा राखेर उनी १६ वर्षको हुँदा पढ्न पठाएको र कुनै पनि केटासँग संगत नभएको जनाएकी छिन् ।
पुरुष साथीसँग संगत नहुनु र धार्मिक अध्ययनमा प्रवृत्त हुनुपर्दा आफूलाई भरभराउँदो यौवनकालमा समेत भर्जिन नै रहन मद्दत मिलेको उनको दाबी छ । त्यसो त उनको एक जना केटा साथी नभएको होइन । उसले विवाहपछि मात्रै शारीरिक सम्पर्क राख्न मञ्जुरी दिए पनि उनलाई झुक्याएर अरुसँग लसपस हुने गरेको थाहा पाएपछि ब्रेकअप (छुटेको) भएको उनले लेखेकी छिन् । विवाह नहुन्जेल भर्जिन नै रहने कुरा नराम्रो भएको आफूले थाहा पाएको उनले बताएकी छिन् । सोही कारण उनले आफ्नो भर्जिनिटी लिलाम गर्न लागेको जनाएकी छिन् । आफ्नो जीवनलाई फाइदा पुर्याउन भर्जिनिटीले सहयोग गर्छ भने किन नगर्ने ? उनको तर्क छ ।
बेलीले धेरैपटक इमेल पठाएर आग्रह गरेपछि लिलामीका लागि नेवादामा रहेको बनी रान्च मुनलाइट (वैधानिक वेश्यालय)का मालिक डेनिस होफले सहमति जनाएका थिए । यो वेश्यालय विश्वकै प्रसिद्ध वेश्यालय भएको उनले बताएकी छिन् । यस्तो हर्कतका लागि समाजले आफूलाई नराम्रो माने पनि त्यसलाई आफूले स्वीकार्ने यी युवतीको भनाइ छ । आफ्नो शरीरमा आफ्नै हक लाग्ने भन्दै उनले यसो गर्नलागेको बताएकी छिन् । धेरै जनासँग शारीरिक सम्पर्क राख्दा जसरी एउटा मान्छे खराब हुँदैन त्यसैगरी आफ्नो यस कार्यले पनि आफूलाई खराब नबनाउने उनले बताएकी छिन् ।
आगामी सेप्टेम्बर १५ मा लिलामी बन्द हुनेछ भने अक्टोबर १३ मा युवतीको कुमारित्व भंग हुनेछ । बेलीले कुमारित्व भंग गरेको दिन वेश्यालयका मालिक डेनिस होफले जन्मदिन मनाउने संयोगसमेत जुरेको छ । करिब दुई महिनाअघि मात्रै पनि एक १९ वर्षीया अमेरिकी मोडलले ३.९ मिलियन अष्ट्रेलियन डलरमा आबुधाबीका एक बिजनेसम्यानलाई कुमारित्व बेचेकी थिइन् । मोडलले यस कार्यलाई आफ्नो सपना साकार भएको भनी प्रेस विज्ञप्ति नै जारी गरेको बताइएको छ ।
खास गरी कुमारित्व बिक्रीपछि आफ्नो पढाइ, नयाँ घर किन्न र विश्वका कुनै पनि स्थानमा पुग्न धेरै अवसर मिलेको उनको दाबी छ । गिसेली नामकी ती मोडलले कुमारित्व बेचेकी थिइन् ।
- न्युजडटकमअष्ट्रेलियाबाट भावानुदित ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।