२० पुस,उद्योगीको लापरवाहीका कारण ग्यास सिलिण्डर विस्फोटनका घटना बढ्न थालेपछि सरकारले बोटलिङ प्लान्टमाथि कडाई गरेको छ । गुणस्तर तथा नापतौल विभागले गुणस्तर मापदण्ड (एनएस) चिहृन नलिने ग्यास उद्योगलाई बन्दसम्म गर्ने चेतावनी दिएको छ ।
‘एक वर्षअघिदेखि गरिएको आग्रह बोटलिङ प्लान्टले अझै पालना गरेको देखिएन,’ विभागका महानिर्देशक विश्ववावु पुडासैनीले भने । विभागले गत वर्ष कात्तिकमा तीन महिनाभित्र अनिवार्य रुपमा एनएस चिहृन लिन बोटलिङ प्लान्टलाई आग्रह गरेको थियो । तर, एक वर्ष वितिसक्दा पनि आग्रह पालना नगरेपछि कडा रुपमा प्रस्तुत हुन बाध्य भएको विभागको भनाई छ ।विभागका अनुसार हालसम्म ४ वटा यस्ता बोटलिङ प्लान्टलेमात्र गुणस्तर चिहृन लिएका छन् । हाल नेपालमा ५५ वटा ग्यास उद्योग छन् । गुणस्तर चिहृन लिने उद्योगमा मनोज ग्यास प्रालि, नेपाल ग्यास उद्योग, श्रीकृष्ण ग्यास उद्योग प्रालि र साइबाबा ग्यास उद्योग प्रालि छन् ।
भोलिदेखि नै उद्योगमाथि अनुगमन थालिने विभागले प्रष्ट्याएको छ । ‘गुणस्तर चिहृन नलिने उद्योगमाथि अब कारवाही अघि बढाइनेछ,’ विभागका महानिर्देशक पुडासैनीले भने ।
गुणस्तर मापदण्ड पालना नगर्ने उद्योगमाथि ६ महिना कैद वा तीन हजार रुपैयाँ जरीवाना तिराउन सकिने कानूनी व्यवस्था छ ।एनएस नलिएकालाई सञ्चालन गर्न नदिन नेपाल आयल निगमलाई पत्राचारसमेत गरिएको विभागले जनाएको छ ।अनलाइन खबर बाट
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।