हेटौँडा, २० पुस,
मकवानपुर जिल्ला फुटबल संघको आशन्न अधिवेशन तथा साधरणसभामा भाग लिन र भोट हाल्न पाउनुपर्ने माग राख्दै आज १७ वटा क्लबले पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
आज हेटौँडामा भएको पत्रकार सम्मेलनमा जिल्ला लिगको उपविजेता भैसकेका क्लब सहितका चर्चित क्लबहरुले आफुहरुलाई बन्देज गरि गर्न खोजिएको अधिवेशनलाई हुन नदिने चेतावनी समेत दिएका छन् ।
गत वर्षको उपविजेता वागमती गाउँपालिका तथा यो वर्षको उपविजेता नामटार एफसी समेतको उपस्थितीमा भएको पत्रकार सम्मेलनमा बोल्दै क्लबका सञ्चालकहरुले एनफाको निर्देशिका बमोजिम फुटबल संघले आयोजना गरेको दुई वटा प्रतियोगितामा सहभागिता जनाएका टिमहरुले भोट हाल्न पाउने पर्ने ब्यवस्था अनुसार गर्न जिल्ला फुटबल संघलाई आग्रह गरेका हुन् ।
मकवानपुर जिल्ला फुटबल संघले सञ्चालन गर्ने लिगमा ४० वटा सम्म टिमहरुको सहभागिता रहने गरेको, उक्त लिगलाई सफल गराउन प्रमुख भुमिका खेल्ने अझ लिगको सेमिफाइनल र फाईनलमा समेत स्थान बनाई सकेका क्लबराई रोक्नु अन्यायपूर्ण भएको पत्रकार सम्मेलनमा चौघडा फुटबल टिमका ज्ञानु क्षेत्रीले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतिभा क्लब हेटौँडाका अध्यक्ष लभराज ठकुरीले जिल्ला फुटबल संघको लापरवाहीपूर्ण निर्याय आफुहरुलाई मान्य नभएको बताए । जिल्ला फुटबल संघले २०७० सालबाट यस्ता अन्यायपूर्ण निर्णय गर्दै आएको भन्दै उनले समग्र फुटबल विकासमा आफुहरुको भुमिकालाई अवमुल्यन गर्न खोजिए राम्रो नहुने चेतावनी समेत दिए ।
पुस अन्तिममा हुने जिल्ला फुटबल संघको अधिवेशनमा एनफाले मकवानपुरका ९ वटा क्लबहरुलाई मात्र सहभागिता गराउने भएपछि विवाद चर्किएको हो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।