पुस २०,सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारबाट सुन्दरवस्तीतर्फ जाँदै गरेको बा १० च ४९२९ नम्बरको मारुती भ्यानले ठक्कर दिँदा बिहीबार एक बालिकाको मृत्यु भएकोे छ ।
भ्यानले काभ्रे जिल्लाको मिल्छे घर भई हाल पान्डुबजार बस्ने सरोज घ्यावाकी ११ वर्षीया छोरी लक्ष्मी घ्यावालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।