धनकुटा, पुस २० । प्रदेशको राजधानी आफ्नै ठाउँमा हुनुपर्ने माग गर्दै आज पनि विभिन्न जिल्लामा प्रदर्शन भएका छन् ।प्रदेश नं १ को राजधानी धनकुटा तोकिनुपर्ने माग राख्दै धनकुटामा सुरु गरेकोे आमहड्ताल आज दोस्रो दिन पनि जारी छ ।

आमहड्तालका कारण धनकुटाको जनजीवन प्रभावित भएको छ । धनकुटाका बजार तथा कलकारखाना ठप्प छन् ।कोशी राजमागमा सवारी साधन गुड्न सकेका छैनन् ।

धनकुटाको आमहड्तालका कारण सवारी साधन ठप्प हुँदा तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवनसमेत प्रभावित भएको छ ।हिले, कागते, सल्लेरी, जिरोप्वाइन्ट, मूलघाटलगायतका स्थानमा बन्दकर्ताले टायर वालेर प्रदर्शन गरिरहेका छन् ।