पुुस २०,राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक कृष्ण थापाले अखिल नेपाल फुटबल संघ ९एन्फा० को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
तीन महिनापछि हुने एन्फाको निर्वाचनका लागि थापाले हिजो पोखराबाट उम्मेदवारी घोषणा गरेका हुन् ।एन्फाको प्राविधिक निर्देशकको समेत अनुभव बटुलिसकेका थापाले राष्ट्रिय खेलकुद परिषद् को वरिष्ठ फुटबल प्रशिक्षकबाट दुई वर्षअघि अवकास पाएका थिए ।सन् १९८४ मा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता फुटबल टोलीका सदस्य समेत रहेका थापाले फुटबल विकासका लागि सातवटै प्रदेशमा फुटवल एकेडेमी आवश्यक रहेको बताएका छन् ।
अहिल एन्फाको जिल्ला संघहरुको निर्वाचन चलिरहेको छ । एन्फाले पुस ५ देखि माघ ५ गते भित्र निर्वाचन सक्न जिल्ला संघहरुलाई निर्देशन दिएको थियो ।१७ सदस्यीय कार्यसमितिका लागि चैत १४ गते एन्फाको निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।