पुस २०,आउँदो महिना हुने आइसिसी विश्व क्रिक्रेट लिग च्याम्पियनशिप डिभिजन टूका लागि प्रारम्भिक नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

आइसिसीका प्रतिनिधि एमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनौट समितिले २१ सदस्यीय टोलीको घोषणा गरेको हो । प्रारम्भिक टोलीमा युवा खेलाडीहरुलाई प्राथमिकता दिइएको छ । अनुभवी विनोद भण्डारी, सागर पुनलाई टोलीमा समेटिएको छैन् । टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सोमपाल कामी, शक्ति गौचन, बसन्त रेग्मी, करण केसी र सन्दिप लामिछाने छन् ।

यस्तै आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, दिलिपनाथ, दिपेश श्रेष्ठ, किशोर महतो, ललित भण्डारी, ललित राजवंशी, रसिद खान, सिद्धान्त लोहनी, सुनिल धमला र शुशन भारी पनि टोलीमा समेटिएका छन् । बन्द प्रशिक्षणपछि अन्तिम टोली घोषणा गरिने नेपाली क्रिकेट टिमका प्राविधिक प्रमुख रमन शिवाकोटीले जानकारी दिनुभयो ।