
सिन्धुपाल्चोक : जुगल गाउँपालिका–२ का सुकबहादुर तामाङलाई ७० वर्षको उमेरमा बलात्कारको बात लागेको छ । पूर्व वडाध्यक्ष समेत रहेका उनीमाथि फिल्मीशैलीमा बलात्कार गरेको आरोप लागेको छ । घटना गएको २८ गते भएको हो । गोल्चेको निगालेमा रहेको गोठमा सुतिरहेका वेला बन्दुक देखाउँदै धनकुमारी (नाम परिवर्तन) लाई सुकबहादुरले शारीरिक सम्बन्धनको प्रस्ताव राखे । नाताले ठूलो बुबा पर्ने तामाङको यो अकल्पनीय प्रस्ताव अस्वीकार गरिन् उनले । तर, बन्दुक तेस्र्याएर तामाङले उनको अस्मितामा हमला गरे । त्यति मात्र होइन, घटना बारिह ल्याएका सिध्याई दिने धम्की दिन समेत भ्याए ।
धनकुमारीलाई असोजदेखि पेट दुखन थाल्यो । आफन्तले ललितपुरको शान्त भवनस्थित अस्पतालमा उपचारका लागि ल्याए । असोज २७ गते चेकजाँचका क्रममा डाक्टरले गर्भवती भएको बताएपछि धनकुमारी छाँगाबाट खसिन्् । उनीमाथि अर्को आपति आइलाग्यो । गर्भपनतका लागि उनलाई दबाब दिइएको थियो । ‘अस्पतालमै गर्भ तुहाउने धेरै प्रयास भए तर, मैले मानिँन्’–पीडित महिलाले भनिन् । समय धेरै भइसकेको भन्दै चिकित्सकले गर्भपतन गर्न अस्वीकार आफू गाउँ नै फर्केको उनले सुनाइन् ।
गाउँमा आएपछि ‘जसको गर्भ हो, उसले जिम्मा लिन’ भनेपछि गाउँमा सबैले घटनाबारे थाहा पाए । अस्पतालमा चेकजाँच गरेको कागजपत्र पनि सुकबहादुरको ज्वाँइले च्याँतेर फालिदिएका दिएका थिए । गएको कातिक १७ गते सुकबहादुर आफै जिल्ला प्रहरी कार्यालयमा आएर पीडितका दाइलगायतका ६ जनाविरुद्ध गाली बेइज्यती मुद्दा दर्ता गरी फर्किएका थिए । गाउँमा म्याद आएपछि मात्रै गाउँलेले मुद्धाबारे थाहा पाएका थिए ।
धनकुमारी अहिले गाउँ छाडेर पुनस्थापना केन्द्रमा आएकी छिन् । १२ बैशाख २०७२ को विनाशकारी भूकम्पमा परी उनको बुबाको मृत्यु भएको थियो भने घाइते भएकी आमा अपाङ्ग भएकी छिन् । सुकबहादुरको धम्कीका कारण आफूले गाउँ छाड्नु पर्दा आमाको भने बिच्चली भएको उनी बताउँछिन् । जबरजस्ती करणीको मुद्दा लिएर पीडित प्रहरी कार्यालयमा पुगे पनि म्याद गुजारेको भन्दै प्रहरीले जाहेरी लिन मानेन ।
पीडितले नाता कायम र माना चामल भरिपाउँ भन्दै अदालतमा मुद्दा दायर गरेकी छन् । श्रीमान–श्रीमतीको नाता कायम गर्नुपर्ने र जन्मने बच्चाको न्वारन समेत सुकबहादुरबाटै गर्नुपर्ने उनको माग छ । म्याद तामेल भने भएको छैन । यसैबीच चौतर्फी दबाबपछि प्रहरीले सोमबार जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।