स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको अप्रत्याशित हारको समीक्षा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबारबाट केन्द्रीय समिति बैठक बोलाएको छ । नयाँ बानेश्वरस्थित अनमोल क्याटरिङमा तीन दिनसम्म चल्ने बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्ने सहायकमहामन्त्री राजाराम बर्तौलाले बताए ।

बर्तौलाका अनुसार बैठकमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा गर्ने र पार्टीको आगामी कर्यदिशा तय गर्ने कार्यसूची छ । त्यस्तै, बैठकमा महामन्त्री जयन्त चन्दले सचिवालयसम्बन्धी तथा कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सत्तारुढ दल राप्रपा प्रतिनिधिसभामा समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत पुर्‍याउन नसक्दा राष्ट्रिय पार्टी बन्नबाट वञ्चित भएको छ