सुरेन्द्र राज थीके,
भीमफेदी, पौष १९,
आगलागीबाट पीडित बनेकी भीमफेदी गाउँपालिका वडा नंबर ८ इपाकी एकल महिलालाई सहयोग प्रदान भएको छ । गत साता आगलागीबाट पञ्चमाया भ्लोनको घर सहित भुकम्पको पहिलो अनुदानको ५० हजार नगद, लत्ताकपडा, अन्न तथा घरमा रहेको चौपाय जलेर नष्ट भएको थियो ।
निकै विपन्न परिवारका भ्लोन परिवारमा तीनवटा नाबालक समेत रहेको थाहा पाएपछि भीमफेदी गाउँपालिका वडा नंबर ८ का वडा अध्यक्ष जगतमान घिसिङ्ग को पहलमा र्निवाचित पदाधिकारीहरुको ब्यक्तिगत सहयोगमा केहि चामल,खाद्य सामग्री तथा ओढने कम्मल सहयोग गरेको भीमफेदी गाउं पालीका ५ नंब वडा अध्यक्ष जहार सिं लामा ले बताए ।
राहत सामग्री बितरणका लागीगाउँपालिका उपाध्यक्ष पार्वती राना, गाउँपालीका ८ नं वडा अध्यक्ष जगतमान घिसिङ्ग , ५ नंबर वडा अध्यक्ष जहार सिं लामा, भीमफेदी गाउँपालीका निमित्त अधिकृत बद्रि सापकोटा तथा प्राविधिक जयराम चौलागाइ को उपस्थित रहेको थीयो ।
विकट स्थान मा रहेका पिडित एकल महिला भ्लोनको तिन वटा बालबच्चा सहित पुष महिनाको चिसो सिरेटोमा छाना विनाको घरमा दुखद जीवनयापन गरेको भएपनि सरकारले भीमफेदी गाउँपालिका वडा नंबर ६ हात्तिसारमा र्निमित नेपाली सेना ले र्निमाण गरेको विपपद ब्यबस्थापन घरमा कुनै प्रयोजन आइ रहेको छैन ।
विपदमा परेर कष्टकर जीवनयापन गर्दै आएकी पञ्चमायां भ्लोन जस्तो बिपदमा परेका का लागी उक्त घर प्रयोजनमा ल्याउने हो की भन्ने जिज्ञासा रहेको जन गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।