पूर्व—पश्चिम राजमार्गअन्तर्गत दाङको पिपरीमा एकै दिशातर्फ गइरहेको मोटरसाइकल र ट्र्याक्टर एकापसमा ठोक्किँदा मोटरसाइकलका चालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार गएराति करिब ९ बजे लमहीबाट भालुवाङतर्फ गइरहेको रा १ त १४०९ नंको ट्र्याक्टरमा सोही दिशातर्फ गइरहेको लु २४ प ८८२४ नंको मोटरसाइकल एक्कासि ठोक्किँदा रुपन्देहीका २४ वर्षीय शम्भु चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।