तस्बीर गुगल

२०७४ पौष १९ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आक्रामक शैलीमा उत्तर कोरियाली नेता किम जोङ उनलाई जवाफ फर्काएका छन् । बीबीसीका अनुसार ट्रम्पले ट्विटरमार्फत किमलाई परमाणु ‘स्वीच’ आफूसँग पनि रहेको प्रतिक्रिया दिँदै अमेरिकासँग भएको परमाणु ‘स्वीच’ काम लाग्ने परमाणु ‘स्वीच’ भएको जवाफ फर्काएका हुन् ।

यसअघि किमले नयाँ वर्षको अवसरमा अमेरिकालाई चेतावनी दिँदै परमाणु बम ‘लन्च’ गर्ने ‘स्वीच’ सधैं आफ्नो टेवलमा रहने गरेको र अमेरिकाले कहिल्यै पनि उत्तर कोरियाविरुद्ध युद्ध गर्न नसक्ने बताएका थिए ।

त्यसको दुई दिनपछि जवाफ फर्काउँदै ट्रम्पले ट्वीट गरे, “उत्तर कोरियाका नेता किम जोङ उनले भने कि उनको टेवलमा सधैं एक न्यूक्लियर स्वीच रहन्छ । उनको कमजोर र खानेकुराका लागि तड्पिरहेको साम्राज्यमा कसैले भनिदेऊ, मसँग पनि परमाणु स्वीच छ, जुन स्वीच झनै ठूलो र शक्तिशाली छ । साथै मेरो परमाणु स्वीचले काम पनि गर्छ ।’’

उत्तर कोरियामाथि मिसाइल परीक्षण र परमाणु कार्यक्रमका कारण कैयौं प्रकारका प्रतिवन्धहरु लगाइएका छन् । विश्वका धेरैजसो मुलुकहरुले उत्तर कोरियासँगको दूरी पनि बढाउँदै लगेका छन् । तर त्यसका बाबजुद पनि उत्तर कोरियाले छ वटा भूमिगत परमाणु परीक्षण गरिसकेको छ ।