सिम नेपाल २०१७ का बिजेताहरु

१९ पुष,नेपाली कला संस्कृतिको जगेर्ना तथा बौद्धिक एवं अन्तरक्षमताको विकास गराउने उद्देश्यले जापानमा पहिलो पटक मिस एण्ड मिसेस नेपाल—२०१८ गरिने भएको छ।नेपालमा लामो समयदेखि सौन्दर्य प्रतियोगिता गर्दै आएको पल इन्टरटेन्मेन्ट र जापानको सिन्जोउ कर्पोरेसनको संयुक्त आयोजनामा टोकियो महानगरपालिकाको इतावासी शहरस्थित ओया ग्रिनहलमा १८ फेब्रुअरी २०१८ मा कार्यक्रम गरिने भएको हो।

आयोजकका अनुसार कला संस्कृतिको प्रचारप्रसार र सौन्दर्यता, व्यक्तित्व, अन्तरक्षमताको विकासका लागि व्यावसायिक रुपमा नेपाली महिला प्रतिस्पर्धामा उत्रिन लागेका हुन्।प्रतिस्पर्धीलाई पारिवारिक र विद्यार्थी भिजामा जापानमा बसोबास गर्दै आएका महिलाले नेपालको कला सस्ंकृति, सुन्दरता बौद्धिक प्रतिभासहित अन्तरक्षमताका विभिन्न १५ विधामा प्रतिस्पर्धा गर्नेछन्।

पहिलो चरणको छनोट प्रक्रिया १ फेबु्रअरी र उत्कृष्टताका आधारमा अन्तिम छनोट १८ फेबु्रअरी २०१८ मा गरिनेछ। अडिसनमा छनोट भएकालाई ३ फेबु्रअरीबाट फिटनेश, सेल्फ मेकअप, हाँसो, फोटो सेसन, मिडियासम्बन्धी जानकारी र स्टेज पफर्मेन्स, क्याटवाक र मानव संशाधनलगायतका बारेमा तालीम दिइने आयोजक सिन्जोऊ कर्पोरेसनका प्रबन्ध निर्देशक उत्तमकुमार श्रेष्ठले बताए।

आफ्नै फरक क्षमताका आधारमा पहिलो, दोस्रो र तेस्रो भएका विवाहित र अविवाहित दुवै विजेताले नगदसहित म्युजिक भिडियो तथा स्थानीय मिडियामा अवसर पाउनेछन्। छनोट विवादरहित बनाउन नेपालबाट सम्बन्धित क्षेत्रका विज्ञ र जापानबाट पनि प्रतिनिधि सहभागी रहनेछन्।

कार्यक्रमको व्यवस्थापन गरेको डेस्टिनी क्रियसनका असिम बस्नेतका अनुसार लामो समयदेखि जापानमा बसोबास गर्दै आएका नेपालीले कला सस्ंकार जोगाउने पहिरन, पोशाक, रङदेखि गुन्यु, चोलो र नाक, कान, घाँटीमा लगाउने गहना र तिलहरीसहित सहभागिता जनाउन सक्नेछन्।रासस