काठमाडौ, १९ मंसिर,
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनमा भएको पराजयको जिम्मेवारी लिएका छन् । बानेश्वरमा बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष थापाले निकै भावकु हुँदै निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिएका हुन् । बैठकमा अध्यक्ष थापाले भने, ुपार्टीको पराजयमा म नैतिक जिम्मेवारी लिन्छु । आफुहरुको कार्यनीति र कार्यशैलिको कारण हार भएको छ, यो विषयलाई मैले राम्ररी अध्ययन गर्दैछ ।
अध्यक्ष थापाले राजनीतिक प्रतिवेदन पेस गर्दै पार्टीको कार्यनीतिमा भएको कमजोरीका कारण हार बेहोर्नु परेको बताए । अध्यक्षको प्रतिवेदनमा छलफल भइरहेको पार्टीका सह–प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । निर्वाचनमा भएको पराजयको विषयमा बैठकमा गम्भिर समिक्षा हुने उनले बताए ।
राप्रपाले हिन्दु राज्य र राजतन्त्रको मुद्दाका कारण २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा समानुपातिकबाट २५ सिट जितेर चौथो शक्तिको रुपमा स्थापित भएको थियो । गत मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राप्रपा राष्ट्रिय पार्टी बन्न सकेन । राप्रपाले प्रत्यक्षतर्फ १ सिट मात्र जितेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।