सांकेतिक तस्बिर

१९ पुष,प्रविधिको युगमा आजभोली १३ वर्षदेखि नै किशोर किशोरीहरुमा नियमित रुपमा अश्लील भिडियो र तस्बिर हेर्ने बानी नै परेको छ ।तर, नियमित यस्ता भिडियो हेर्नेको दिमागलाई भिडियोले दिमागमा असर गर्ने गरेको एक नयाँ अध्ययनले खुलासा गरेको हो ।

अश्लिल भिडियो हेर्नेको दिमागको आकार घट्ने अनुसन्धानकर्ताहरुले बताएका हुन् ।अध्ययन अनुसार पोर्न भिडियो हेर्दा मानिस पागल बन्ने र यौन उत्तेजना पनि हराउने सम्भावना उच्च हुन्छ ।

अश्लिल भिडियो हेर्दै यौन क्रियाकलाप गर्नेको डोपामिन (स्नायु प्रणालीको गतिबिधि सञ्चालन गर्न महत्वपूर्ण मानिने तथा मानिसको दिमागमा आनन्द दिने एक प्रकारको रसायन) दिमागबाट निस्कासन हुने र दिमाग असाध्यै असंवेदनशिल हुने पनि अध्ययनले जनाएको छ ।

दिमाग फिल्मका संवेदनशिल तस्बिहरुमा एक्सपोज भएपछि मानिसहरु कम संवेदनशील हुने गरेका र सामान्य यौन क्रियाकलापबाट उत्तेजित हुन कठिनाइ भएको बताइन्छ ।

‘पोर्नोग्राफीले बेडरुममा हरेश खाने युवाको एउटा पुस्ता नै सिर्जना गरेको छ ’ अध्ययनमा भनिएको छ । एजेन्सीको सहयोगमा ।