अनेरास्ववियुद्वारा हेटौँडामा भएको बिरोध प्रर्दशन । तस्बिर : खबरब्रेक

हेटौँडा,१९ पुस,
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सरकारले गरेको मुल्यबृद्धिको खारेजी हुनुपर्ने, समानुपातिक नतिजा तत्काल सार्वजनिक गर्नुपर्ने तथा मुल्यबृद्धिको बिरोधमा भएको राज्यले गरको दमनको बिरोध गर्दै आज विरोध प्रर्दशन गरेको छ ।

आज विहान मकवानपुर बहुमुखी क्याम्पसबाट निस्किएको बिरोध जुलुस हेटौँडाको विभिन्न भागको परिक्रमा गरि कोणसभामा परिणत भएको हो ।

सरकारले इन्धनमा बढाएको मुल्य तत्काल फिर्ता हुनुपर्ने भन्दै हिजो अनेरास्ववियुले काठमाण्डौमा प्रर्दशन गर्दा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष महेश बर्तौला घाईते भएका थिए ।