पुस १८,सर्लाहीको हरिवन बजारमा रहेको दास इम्पोरियममा आगलागी भएको छ ।विद्युत् सर्ट भएर आज बिहान आगलागी हुँदा करिब ६५ लाख रुपैयाँ बराबरको कपडा जलेर नष्ट भएको इम्पोरियमका सञ्चालक सुरेश दासले जानकारी दिए ।
सदरमुकाम मलंगवा र रौतहटको चन्द्रनिगापुरबाट आएका दमकल, सुरक्षाकर्मी र स्थानीयले आगलागी नियन्त्रणमा लिएका छन् ।तत्कालै आगो नियन्त्रणमा लिन सफल भएकाले अरु पसलहरुमा क्षति हुन नपाएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।