हेटौँडा,१८ पुस,
मकवानपुर उद्योग वाािण्ज्य संघको अध्यक्षमा कृष्ण कटुवाल निर्वाचित भएका छन् ।
पुस १७ गते भएको निर्वाचनको मतगणना अनुसार कटुवालले १०२६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकट्म प्रतिस्पर्धी महेन्द्र राउतले ८३१ मत प्राप्त गरे ।
१ हजार ९ सय ९६ जना मतदाताले मतदानमा सहभागिता जनाएका थिए ।
त्यसैगरी वाणिज्य तर्फको उपाध्यक्षमा कृष्ण गुप्ता अग्रवाल, यसोसियटको उपाध्यक्षमा गणेश भेटवाल, उद्योग तर्फको उपाध्यक्षमा माधव न्यौपाने विजयी बनेका हुन् ।
बस्तुगतको उपाध्यक्षमा भने रामप्रसाद न्यौपाने सर्वसम्वत निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।