१८ पुष,कैलाली मोहन्याल गाउँपालिका–७ कर्णाली नदीको चिप्लेघाटमा तुइन चुडिँदा आइतबार एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

तुइन चुडिएर मोहन्याल गाउँपालिका–६ सोल्टाका टेकबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरले बताए ।

तुइन तर्ने क्रममा अचानक ‘लक’ चुडिएपछि तीनै जना नदीको किनारामा खसेको बताइएको छ । घटनास्थलमा सञ्चारको सुविधा नभएको र भौगोलिक रुपमा विकट रहेकाले जानकारी ढिलो प्राप्त भएको हो ।

दुर्घटनामा घाइते भएका स्थानीय सुमन बोहरा र तारा अधिकारीलाई थप उपचारका लागि कोहलपुर लान सिफरिस गरिएको छ । रासस