साङ्केतिक तस्वीर

१८ पुष,लण्डनमा गरिएको एउटा अध्ययनमा गर्मीयामको तुलनामा जाडोयाममा पुरुषहरु बढी सेक्स गर्न रुचाउने गरेको खुलासा भएको छ। हावर्ड विश्वविद्यालयले गरेको सर्भेका अनुसार पुरुषलाई सेक्सको चाहना चाडोयाममा बढी हुने गर्दछ ।

जाडो याममै पुरुषहरु सबैभन्दा बढी महिलातर्फ आकर्षित हुने गर्दछन् । यो सर्भे ११४ जना पुरुषमा गरिएको हो ।साथै उनीहरुलाई हरेक तीन महिनापछि महिलाको तस्वीर देखाएर उनीहरुको मानसिक स्थितिको जाँच गरिएको थियो । सर्भेमा उनीहरुसँग महिलाप्रतिको आकर्षणसँग सम्बन्धित प्रश्न सोधिएको थियो ।

अध्ययनमा सामेल पुरुषलाई महिलाको दुई प्रकारको तस्वीर देखाइएको थियो । जसमा अनुहार र उनीहरुको शरीर र स्तनको क्लोजअप तस्वीर थियो ।

सर्भेमा पुरुषहरुले अनुहारप्रतिको सोच वर्षभरिमा कुनै परिवर्तन देखिएन । जबकि अर्को तस्वीर जसमा महिलाको स्तन र शरीरका अन्य भागको क्लोजअप देखाइएको थियो, त्यसमा भने उनीहरुको राय परिवर्तन भइरहेको थियो ।वर्षभरका अन्य महिनाको तुलनामा डिसेम्बर, जनवरी र फेब्रुअरीमा महिलाप्रतिको आकर्षण बढी हुने गरेको अध्ययनले देखाएको छ।

यसका साथै पुरुषलाई जाडो मौसममा सेक्स चाहना बढी हुने गर्दछ । शोधकर्ताहरुका अनुसार मौसम परिवर्तनसँगै केवल परिवर्तन मात्र हुँदैन, शरीरको आवश्यकतासमेत परिवर्तन हुने गर्दछ ।