हेटौँडा,१८ पुस,
राप्रपा मकपानपुरका अध्यक्ष गणेश थापाले आफुहरु पराजित हुनुको प्रमुख दोष कांग्रेसको एउटा गुट रहेको बताएका छन् । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि थापाले लोकतान्त्रिक गठवन्धनमा आवद्ध रहेको कांग्रेसको एक गुटको कारण हार्नु परेको धारणा ब्यक्त गरे ।
कमल थापाको हारले मकवानपुरको विकासमा ठुलो असर गर्ने बताउँदै उनले पाँच वर्षमा मकवानपुरे जनताले कमल थापाको अभाव थाहा पाउने गरि महशुस गर्ने दाबी समेत गरे । आफुहरुले केहि गुटहरु सुनियोजित तबरले हराउन लाग्लान भनेर कल्पना समेत नगरेको जानकारी दिए ।
आफुले राप्रपा मकवानपुरबाट राजिनामा दिएको बताउँदै थापाले अब सक्रिय राजनीति नगर्ने घोषणा समेत गरे । उनलेभ भने : अब म सक्रिय राजनीति गर्दिन, तर राजनीतिबाट भागेको चै हैन् ।
आफ्नो रगतमा खेलकुद रहेको भन्दै थापाले अब चाँडैनै विभिन्न खेलकुद गतिविधि गर्नेगरि एउटा क्लब दर्ता गर्ने तयारी गरेको जानकारी दिए । उक्त क्लब मार्फत नेपालको खेलकुदमा लागि पर्ने समेत बताए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।