हेटौँडा,१७ पुस,
गणेश थापाले राजिनामा दिएपछि रिक्त रहेको राप्रपा मकवानपुरको अध्यक्षमा केन्द्रीय सदस्य समेत रहेका दिपकबहादुर सिंहको संभावना बढेको छ । केहि दिनभित्रमानै जिल्लाको बैठबबाट सिंहलाई जिम्मेवारी दिने तयारी गरिएको राप्रपा निकट श्रोतको दाबी रहेको छ ।
राप्रपाका केन्द्रीय अध्यक्षले प्रतिनिधिसभाको निर्वाचनमा पराजय भोग्नु परेको भन्दै राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाले राजिनामा दिएपछि राप्रपामा अध्यक्ष को बन्ने भन्ने चर्चा सुरु भएको हो ।
राप्रपा श्रोतको दाबी अनुसार अब राप्रपाको नेतृत्व सिंहले लिनुपर्ने धारणा आएकोले पार्टीको बैठकले चाँडैनै सिंहलाई जिम्मेवारी दिने संभावना रहेको छ । राप्रपालाई उचाईमा पुर्याउनको लागि सिंहको नेतृत्व आवश्यक रहेको बताईएको छ ।
समानुपातिकको सूचिमा समेत रहेका सिंहलाई पार्टि राष्ट्रिय पार्टी नभएपछि सांसद बन्ने ढोका बन्द भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।