मतगणनाको लागि सुरक्षित राखिएको मतको वाकस तस्बिर : खबरब्रेक

हेटौँडा,१७ पुस,
मकवानपुर उद्योग वाणिज्य संघको आज भएको मतदान सम्पन्न भएको छ । आज बिहान ८ बजेबाट सुरु भएको निर्वाचन साँझ सम्पन्न भएको हो ।

आज भएको मतदानमा १ हजार ९ सय ९६ जना उद्योग ब्यवसायीहरुले मतदान गरेको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

२ हजार ३ सय २८ मत मध्ये १ हजार ९ सय ९६ मत खसेको हो । अब केहि बेरमा मतगणना सुरु हने जनाईएको छ । अहिले मतगणनाको लागि बैठक सुरु भएको छ । सुरुमा एसोसियटबाट मतगणना हुने जनाईएको छ ।