काठमाडौँ — भ्रष्टाचारको अभियोगमा फुटबल गतिविधिमा १० वर्ष सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेकै अवधिमा पनि अखिल नेपाल फुटबल संघ ९एन्फा० का पूर्वअध्यक्ष गणेश थापा जिल्ला संघको निर्वाचनमा सक्रिय रहेका छन् । उनी आफ्ना विरोधीहरूलाई जिल्लाको निर्वाचनमै सिध्याउन लबिङ गरिरहेका छन् ।
रूपन्देही जिल्ला फुटबल संघको निर्वाचन सोमबार हुँदैछ । र, यसमा वर्तमान अध्यक्ष दीर्घबहादुर केसी ९कुमार० लाई नेतृत्वमा निरन्तरता दिन नहुने भन्दै थापाले संघका पदाधिकारी र क्लबका प्रतिनिधिहरूलाई निरन्तर सम्पर्क गरिरहेका छन् । एन्फामा २१ वर्ष अध्यक्ष रहँदा गणेश थापाले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै एन्फाकै पूर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा शुद्धीकरण अभियान चलाइएको थियो । थापाले एन्फाको ५८ करोड रुपैयाँ खर्चमा अनियमितता गरेको र एक्लौटी ढंगले संघ सञ्चालन गरेको आरोप लगाइएको थियो । स्वदेशमा उन्मुक्ति दिइए पनि थापालाई नोभेम्बर २०१५ मा अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० ले भ्रष्टाचारको अभियोगमा १० वर्ष फुटबल गतिविधिमा सहभागी हुनबाट प्रतिबन्धलगाएको थियो ।
शुद्धीकरण अभियानमा शेर्पाको समूहलाई साथ दिएका कुमार केसीलाई रूपन्देही जिल्ला संघको नेतृत्व निरन्तर दिन नहुने भन्दै गणेश थापाले जिल्ला संघका पदाधिकारी तथा क्लबका प्रतिनिधिहरूलाई निरन्तर लबिङ गरिरहेका छन् । ‘आफ्नो पक्षमा लबिङ गर्ने उहाँ ९गणेश थापा० को परम्परा नै हो,’ रूपन्देही जिल्ला संघका उपाध्यक्ष खेमराज गुरुङ ९मुन्ना० ले भने, ‘प्रतिबन्धमा भएका व्यक्तिले यसरी लबिङ गर्न मिल्दैन । त्यो एकदमै गलत हो ।’ उनी स्थानीय लिस्नु क्लबका निवर्तमान अध्यक्ष एवम् आसन्न जिल्ला संघको निर्वाचनका लागि मताधिकार प्राप्त प्रतिनिधि हुन् । उनीसहित जिल्ला संघका सातजना पदाधिकारी तथा क्लबका प्रतिनिधिलाई थापाले कुमार केसीलाई सहयोग नगर्न भन्दै आग्रह गरेका थिए ।
फिफाकै नियमानुसार पनि प्रतिबन्धमा रहेको अवस्थामा कसैले फुटबलसँग सम्बन्धित कुनै पनि क्रियाकलापमा सहभागी हुन पाउँदैन, कुनै पनि किसिमले सक्रिय हुन पाउँदैन । गणेश थापाले आफ्ना विरोधीहरूलाई फुटबलबाटै हटाउनुपर्ने भन्दै जिल्ला र क्लबका पदाधिकारीलाई मनाउन खोजेको प्रमाण कान्तिपुरलाई प्राप्त भएको छ ।
एन्फाले पुस ५ देखि माघ ५ सम्मआफ्ना ४५ जिल्ला संघलाई निर्वाचन गर्न निर्देशन दिइसकेको छ र त्यसैअनुसार आठ जिल्लामा सम्पन्न पनि भइसकेको छ । एन्फाको केन्द्रीय कार्यसमितिको निर्वाचन १४ चैतमा हुनेछ । हालका अध्यक्ष नरेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पा यसपालि अध्यक्षमा भिड्ने अनुमान गरिएको छ । श्रेष्ठ गणेश थापाका विश्वास पात्र हुन् । थापाकै सालो हुन्, कुँवर र शुद्धीकरण अभियानका प्रमुख हुन् शेर्पा ।
कान्तिपुर दैनिकमा खबर छ
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।