हेटौँडा,१७ पुस,
विगत ५ बर्ष देखि जनवरी १ का दिन पारेर मनाउँदै आएको नेपाली टोपी दिवस यो बर्ष थाहानगरमा पनि मनाइएको छ । विगतमा काठमाडौ लगायतका क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउँदै आएको यो दिवस यो बर्ष पर्यटकीय नगरी थाहामा पनि भव्यताका साथ मनाइएको हो । विभिन्न सामाजिक कार्य र अभियानहरु संचालन गर्दै आइरहेको लियो क्लब अफ पिस थाहाले पौष १७ गते पाँचौ नेपाली टोपी दिवस मनाएको हो ।

ूनेपाली टोपी, नेपालीको पहिचानू भन्ने मुल नाराका साथ पाँचौ नेपाली टोपी दिवस मनाइएको लियो क्लब अफ पिस थाहाका अध्यक्ष अनित बिष्टले जानकारी दिए ।
विकास खबरको सहयोगमा