हेटौँडा,१६ पुस,
हेटौँडा ८ मा रहेको सुर्योदय टोल विकास सस्थाको अध्यक्षमा सुनिल लोप्चन चयन भएको छ । टोल विकास सस्थाको साधरणसभाले लोेप्चनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको निर्माण गरेको छ ।

कार्यसमिति उपाध्यक्षमा गितादेबी आचार्य, सचिव सुनिल गोले, कोषाध्यक्षमा शेखर मुक्तान तथा सहसचिवमा शम्सेर लामा चयन भएका छन् । वडा सदस्य गोतामे मुक्तानको प्रमुख आतिथ्यतामा कार्यत्रम भएको छ ।

अध्यक्षमा चुनिएपछि प्रतिक्रिया दिँदै लोप्चनले टोल विकासको लागि आफुहरुको संस्थाले अहम भुमिका खेल्ने बताए ।