नेपालले सगरमाथा लगायत नेपालका हिमालहरु एक्लै चढ्नबाट प्रतिबन्ध लगाएको छ । हिमालहरुमा हुने दूर्घटनाहरु कम गर्न यस्तो कदम चालिएको हो ।नयाँ सुरक्षा नियमावलीका अनुसार दुवै हात वा खुट्टा नभएका, दृष्टिविहीनहरुले पनि वैधानिक मेडिकल सर्टिफिकेट बिना अबदेखि सगरमाथा चढ्न पाउने छैनन् ।

 

बिबिसीमा प्रकाशित रिपोर्टमा पर्यटन मन्त्रायका अधिकारीलाई उद्धृत गर्दै नेपालमा पर्वतारोहणलाई सुरक्षित बनाउन र मृत्युदर घटाउन यस्तो कदम चालिएको उल्लेख गरिएको छ ।

 

यस वर्ष किर्तिमानी संख्यामा मानिसहरुले सगरमाथा आरोहण गर्ने प्रयास गरेका थिए । तर, योसँगै हताहतीको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ ।

 

हालसम्म यो सिजन सगरमाथामा ६ जनाको मृत्यु भइसकेको छ । त्यसमा सगरमाथा आरोहण गर्ने सबैभन्दा धेरै उमेरको व्यक्ति बन्न चाहने ८५ वर्षीय मीन बहादुर शेरचन रहेका छन् ।

 

त्यस्तै स्वीस मेसिन भनेर चिनिने विश्वका चर्चित पवर्तारोही स्वीस उलेई स्टेक पनि नुप्तसे हिमाल आरोहणका क्रममा निधन भएको थियो ।नयाँ नियम अनुसार विदेशी पवर्तारोहीहरुले अब एक जना गाइड अनिवार्यरुपमा साथमा लिनुपर्नेछ । यसले नेपालीहरुका लागि थप रोजगारी सृजना गर्ने पनि आशा गरिएको छ ।

 

 

यसअघि दुईवटा हात वा खुट्टा नभएकाहरुलाई सगरमाथा चढ्नबाट प्रतिबन्ध लगाइएकोमा यसअघि आलोचना भएको थियो । तर, पछि वैधानिक मेडिकल सर्टिफिकेट नभएकालाई मात्र चढ्ने अनुमति नदिने स्पष्ट पारिएको थियो ।सन् १९२० यता सगरमाथामा मात्र २०० भन्दा बढीको मृत्यु भएको छ । जसमध्ये धेरै १९८० पछि रहेका छन् ।

 

सगरमाथामा २० प्रतिशत एक्युट माउन्टेन सिक्नेसका कारण मर्ने गरेका छन् भने २९ प्रतिशत हिमपहिरो र २३ प्रतिशत लडेर मर्ने गरेका छन् ।एजेन्सी