पुष १६,मानव बेचबिखनविरुद्ध कार्यरत माइती नेपालले उद्धारका लागि निवेदन परेकोमध्ये १४ प्रतिशतमात्र सफलता हासिल गरेको छ ।माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जमा १६ वर्षको अवधिमा चार हजार तीन सय १८ महिला तथा बालबालिका हराएको भन्दै निवेदन परेकोमा ६ सय १९ जनामात्र फेला परेका हुन् ।

त्यस्तै, डेढ दशकमा श्रम तथा यौन शोषणमा परेका २ सय ४३ जनाको उद्धार भएको माइती नेपालले जनाएको छ ।माइती नेपालले अधिकांशलाई भारतबाट उद्धार गरेको छ ।

खाडी मुलुकमा धेरै महिला श्रम तथा यौन शोषणमा परेको दाबीसहित निवेदन पर्ने गरेपनि उद्धारका लागि प्रभावकारी संयन्त्रको अभाव रहेको संयोजक कोइरालाले बताइन ।