साङ्केतिक तस्वीर

१६ पुष,गोरखाको भीमसेन गाउँपलिका वडा नम्बर ८ बोर्राङमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । ६५ वर्षीय हिरादेवी श्रेष्ठले आफ्ना ६८ वर्षीय केयरमान श्रेष्ठकको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार बेलुका घरायासी वादविवादका क्रममा पिर्का प्रहार गरेर हत्या गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए । प्रहरीले हिरादेवीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको अधिकारीले बताए ।