
पुस १६,खाडी देश ओमनमा नेपाली महिलाको निशुल्क स्तन क्यान्सरको परीक्षण गरिएको छ,गत शुक्रवार नेपाली दूतावासले ओमनको राजधानी मस्कोटमा आयोजना गरेको क्यान्सर सम्बन्धी सेचतना शिविरमा ७५ नेपाली महिलाले निशुल्क स्तन क्यान्सरको परीक्षण गरेको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ।
ओमनको क्यानसर एसोसिएसनसँगको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा २० पुरुषले रक्त चाप, चिनी रोग लगायतको परीक्षण गरेका थिए।कार्यक्रममा नेपालका लागि ओमनकी राजदूत शर्मिला पराजुली ढकाल लगायतको उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।